काठमाडौं- हेटौडा-भैँसे हुँदै काठमाडौं जाने सडकखण्डमा बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। बाढीपहिरोका कारण निम्तिन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवागमनमा रोक लगाएको हो।
असोज १७ र १८ गतेको भारी वर्षापश्चात् मौसममा हुँदै गएको क्रमिक सुधार र सडकको अवस्थासमेतलाई मध्यनजर गर्दै हेटौडा-भैँसे हुँदै काठमाडौं जाने सबै सडकखण्डहरूमा सो अवधिमा अत्यावश्यक सेवा बाहेकका सवारीसाधनहरूको आवतजावतमा रोक लगाइएको जिप्रका मकवानपुरले जनाएको छ।
साथै, आवतजावतमा रोक लगाइएको समयबाहेक अन्य समयमा यात्रा गर्दा उच्च सतर्कता एवं सावधानी अपनाइ यात्रा गर्न आग्रह गरिएको छ।