शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

तीन दिनदेखि माडीमा विद्युत आपूर्ति बन्द

सोमबार, असोज २० २०८२
तीन दिनदेखि माडीमा विद्युत आपूर्ति बन्द

भूमिगत प्रसारणलाइनमा समस्या आउँदा शनिबार बिहान २ बजेदेखि माडी नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको हो।

चितवन- जिल्लाको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ। भूमिगत प्रसारणलाइनमा समस्या आउँदा शनिबार बिहान २ बजेदेखि माडी नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको हो।

विद्युत् प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष्ठका अनुसार भूमिगत विद्युतीकरण गरिएको स्थानमध्ये दुई स्थानमा समस्या आएको हो। शनिबारदेखि परेको पानीका कारण रिउखोला नजिक राखिएको भूमिगत लाइनमा समस्या आएको छ। उनले भने, 'पानी धेरै जमेका कारण विद्युत् प्रसारणमा समस्या भयो।'

यस्तै, चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको भूमिगत विद्युतीकरणको तारमा सडकको चौडाइ फराकिलो बनाउने क्रममा उपकरणको ठक्करले समस्या आएको उनले जानकारी दिए। उनका अनुसार दुवै स्थानको समस्या समाधान गरेर आज साँझसम्ममा विद्युत् आपूर्तिमा सहज बनाइने छ।

समस्या देखिएको स्थानमा अहिले मर्मतको काम भइरहेको श्रेष्ठले बताए। माडी नगरपालिकामा १२ हजार ग्राहक रहेका छन्। रासस


प्रकाशित : सोमबार, असोज २० २०८२१४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend