शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

अवरुद्ध भोजपुर-लेगुवा सडक एकतर्फी सञ्चालनमा

सोमबार, असोज २० २०८२
अवरुद्ध भोजपुर-लेगुवा सडक एकतर्फी सञ्चालनमा

बर्सातसँगै पहिरो खस्ने, सडक धसिने र दुर्घटनाको सम्भावना उच्च देखिएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।

भोजपुर- भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर-लेगुवा ६६ किलोमिटर मुख्य सडक एकतर्फी सञ्चालनमा आएको छ।

यो सडक खण्डको विभिन्न ठाउँमा झरेको पहिरो हटाएर यातायात सेवा सञ्चालनमा ल्याएको हो। यातायात अवरुद्ध हुँदा अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन्।

बर्सातसँगै पहिरो खस्ने, सडक धसिने र दुर्घटनाको सम्भावना उच्च देखिएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।

मध्य पहाडी राजमार्गअन्तर्गत देउराली-चखेवा सडक खण्डको शिरदलीमा झरेको ठूलो पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए।

यो सडकलाई पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ। रासस


प्रकाशित : सोमबार, असोज २० २०८२१२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend