शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

पहिरोले ग्रामीण सडक अवरुद्ध हुँदा समस्या

सोमबार, असोज २० २०८२
पहिरोले ग्रामीण सडक अवरुद्ध हुँदा समस्या

यातायात अवरुद्ध हुँदा लामो दुरीमा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन् भने आवश्यक सामान आपूर्ति र जनजीवनमा समेत असर परेको छ।

भोजपुर- जिल्लामा अवरुद्ध यातायात सेवा सञ्चालनको तयारी थालिएको छ। शुक्रबार, शनिबार र आइतबारको अविरल बर्सात्का कारण बाढीपहिरोले सडक अवरोध भएका थिए।

भोजपुर-लेगुवा सडक र देउराली-चखेवा सडकका केही स्थानका पहिरो हटाउनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षासँगै पहिरो खस्ने, सडक भासिने र दुर्घटनाको जोखिम देखिएकाले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै आत्यश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यातायात अवरुद्ध हुँदा लामो दुरीमा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन् भने आवश्यक सामान आपूर्ति र जनजीवनमा समेत असर परेको छ। विशेषगरी जिल्ला बाहिर जाने, दसैँ मान्न हिँडेका यात्रु, कामकाजका सिलसिलामा यात्रा गर्ने सर्वसाधारण बढी प्रभावित भएका छन्।

यातायात व्यवसायी समितिका प्रतिनिधिले सडक अवस्था सामान्य हुनासाथ पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्। हाल वर्षाका कारण जिल्लाभित्रका कतिपय ग्रामीण सडक पनि अवरुद्ध भएपछि स्थानीय बासिन्दा थप समस्यामा परेको जनाइएको छ। रासस


प्रकाशित : सोमबार, असोज २० २०८२११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend