शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

अवरुद्ध रिडी-तम्घास सडक खुल्यो

सोमबार, असोज २० २०८२
अवरुद्ध रिडी-तम्घास सडक खुल्यो

मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी-तम्घास सडकखण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने काम भइरहेको छ।

गुल्मी- सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ।

उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका‐३ स्थित पानीट्यांकी नजिकै चट्टानसहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो।

सडकमा थुप्रिएको चट्टानसहितको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।

मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी-तम्घास सडकखण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने काम भइरहेको छ। रासस


प्रकाशित : सोमबार, असोज २० २०८२१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend