शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

कञ्चनपुर कारागारका फरार ११६ कैदी अझै सम्पर्कमा आएनन्, लुकाउने तथा लुक्नेलाई थप कारबाहीको चेतावनी

सोमबार, असोज २० २०८२
कञ्चनपुर कारागारका फरार ११६ कैदी अझै सम्पर्कमा आएनन्, लुकाउने तथा लुक्नेलाई थप कारबाहीको चेतावनी

फरार कैदी तथा थुनुवा केही आफै कारागारमा फर्किका हुन भने केहीलाई प्रहरीले पक्राउ गरी कारागारमा बुझाउने कार्य गरिरहेको छ।

कञ्चनपुर- जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता हुन समयसीमा निर्धारण गरिएको छ।

फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज साँझ ५ बजेसम्म कारागारमा फर्किनका लागि सयमसीमा दिइएको हो।

यसअघि समेत जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कारागार कार्यालयबाट फरार रहेका कैदी तथा थुनुवालाई सम्पर्कमा आउनका लागि सूचना प्रकाशित गरिएको थियो।

'सूचना प्रकाशित भएपछि केही कैदी तथा थुनुवाहरु सम्पर्कमा आए', कारागार कार्यालय कञ्चनपुरका निमित्त कारागार प्रशासक रामदत्त जोशीले भने, 'अझै केही कैदी तथा थुनुवा सम्पर्कमा आएका छैनन्।'

उनका अनुसार निर्धारित समय सीमाभित्र नफर्कने कैदी तथा थुनुवालाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानूनअनुसार कारबाही हुनेछ। फरार कैदी तथा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानूनअनुसार कारबाही हुने उनले बताए।

फरार रहेका कैदी तथा थुनुवालाई कारागारमा बुझाइ दिनका लागि सम्बन्धित कैदीका परिवारजन, समुदाय, नागरिक संस्था तथा सरोकारवालासँग कारागार कार्यालयले अनुरोधसमेत गरेको छ।

कारागारका निमित्त प्रशासक जोशीका अनुसार गत भदौ २४ गते चार सय ७८ जना कैदी तथा फरार भएका थिए। तीमध्ये अझै एकसय १६ जना कैदी तथा थुनुवा फरार रहेका छन्।

फरार कैदी तथा थुनुवा केही आफै कारागारमा फर्किका हुन भने केहीलाई प्रहरीले पक्राउ गरी कारागारमा बुझाउने कार्य गरिरहेको छ। रासस


प्रकाशित : सोमबार, असोज २० २०८२१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend