काठमाडौं- दसैँ बिदामा कारोबार बन्द रहेको सेयर बजार आज पनि बन्द नै रहने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय सञ्चालन गर्न निर्देशन दिए पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भने आज कारोबार नगर्ने भएको हो।
नेप्सेका अनुसार सोमबार दोस्रो बजारमा कुनै कारोबार हुने छैन। अब सेयर बजारको नियमित कारोबार मंगलबार, अर्थात् असोज २१ गतेदेखि मात्र सञ्चालन हुने भएको छ।