शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त, आवश्यक सहयोग गर्न प्रतिबद्ध

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १९ २०८२
नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त, आवश्यक सहयोग गर्न प्रतिबद्ध

प्रधानमन्त्री मोदीले प्रभावित भएको नेपाललाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताएका छन्।

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी पहिरोबाट भएको क्षति प्रति दुःख व्यक्त गरेका छन्। उनले आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै अविरल वर्षाका कारण भएको जनधनको क्षतिमा दु:ख व्यक्त गरेका हुन्। 

यस दुःखको समयमा भारत सरकार नेपाल सरकार र नेपली जनताको साथमा रहेको मोदीले बताएका छन्। प्रधानमन्त्री मोदीले प्रभावित भएको नेपाललाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताएका छन्।

‘नेपालमा परेको अविरल वर्षाका कारण जनधनको क्षति हुनु दुःखदायी छ। यस कठिन घडीमा हामी नेपाल सरकार र नेपाली जनताको साथमा रहेका छौँ। मैत्रीपूर्ण छिमेकी र पहिलो सहायकको रूपमा भारत आवश्यक परे कुनै पनि सहयोग उपलब्ध गराउन प्रतिबद्ध छ,’ मोदीले लेखेका छन्।

नेपालमा विभिन्न ठाउँमा बाढी पहिरोमा परी ४९ जनाको मृत्यु भएको छ। इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ। 


प्रकाशित : आइतबार, असोज १९ २०८२१७:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend