शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

नागढुंगाबाट ५ बजेभित्र मात्र गाडीलाई जान दिइने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १९ २०८२
नागढुंगाबाट ५ बजेभित्र मात्र गाडीलाई जान दिइने

यसैगरी रातिका बेलामा जोखिम बढ्ने भएकाले चालकहरुले पनि जोखिम मोलेर सवारीसाधन नचलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रहसमेत गरेको छ

काठमाडौं- बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ बजेभित्रमा पुगेकालाई मात्रै नागढुंगाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ।

बाढीपहिरोलगायत विपद् जोखिमका घटनालाई मध्यनजर गर्दै काठमाडौंबाट नागढुंगामा ५ बजे पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै गन्तव्यतर्फ पठाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, 'बाढीपहिराको सम्भावित जोखिम अझै देखिएकाले नागढुंगामा ५ बजेभित्र पुगेका रात्रिकालीन बसलाई मात्र बाहिरिने अनुमति दिइनेछ। सोहीअनुसार हामीले सम्बन्धित बस व्यवसायीका संस्थामा जानकारीसमेत दिएका छौँ।'

यसैगरी रातिका बेलामा जोखिम बढ्ने भएकाले चालकहरुले पनि जोखिम मोलेर सवारीसाधन नचलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रहसमेत गरेको छ। 

आज बिहानदेखि कम्तीमा पनि २ सयको हाराहारीमा नागढुंगाबाट लामो तथा छोटो दूरीका सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असोज १९ २०८२१६:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend