शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १९ २०८२
अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा
फाइल तस्बिर

कन्याम र माई पोखरीमा २ सय ७६ मिलिमिटर वर्षा भएको छ यो अति भारी वर्षा हो।

काठमाडौं- पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३ सय २२ मिलिमिटर वर्षा भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ। 

कन्याम र माई पोखरीमा २ सय ७६ मिलिमिटर वर्षा भएको छ यो अति भारी वर्षा हो। 

बितेका २४ घण्टामा मोरङमा २ सय ३३, सुनसरीमा २ सय ५, धनकुटामा १ सय ६६, धनुषामा १ सय ९२, सिन्धुलीमा २ सय ५, सप्तरीमा १ सय ८०, रौतहटमा २ सय ५, मकवानपुरमा २ सय २४ मिलिमिटर वर्षा भएको छ। रासस


प्रकाशित : आइतबार, असोज १९ २०८२१६:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend