शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

बाढीपहिरोले अधिकांश राजमार्ग अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १९ २०८२
बाढीपहिरोले अधिकांश राजमार्ग अवरुद्ध

सङ्खुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथांका तथा थुमसुर जाने कोशी राजमार्गमा पनि सवारीसाधन सञ्चालन भएका छैनन्।

काठमाडौं- बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन्। पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ-मुग्लिन सडक पनि  पहिरोले प्रभावित भएको छ। यद्यपि यो बाटो  एकतर्फी सञ्चालनमा छ। काभ्रेको बिपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ।

रसुवाको पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ। सङ्खुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथांका तथा थुमसुर जाने कोशी राजमार्गमा पनि सवारीसाधन सञ्चालन भएका छैनन्।

ओखलढुगाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल-हुमाने- काठमाडाैं सडक पनि अवरुद्ध भएको छ। कान्तिलोकपथ र कुलेखानी सिस्नेरी-दक्षिणकाली-काठमाडाैं सडक बन्द छ। 

मदन भण्डारी राजमार्ग सिन्धुलीको सिन्दुरे दोभानमा अवरुद्ध छ। कोशी लोकमार्गअन्तर्गत साघुँरीगढी गाउँपालिकाको चनौटे र सिमसुवामा बाटो अवरुद्ध भएको छ। रासस


प्रकाशित : आइतबार, असोज १९ २०८२१२:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend