शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

मौसम खुलेसँगै आन्तरिक उडान सञ्चालन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १९ २०८२
मौसम खुलेसँगै आन्तरिक उडान सञ्चालन

प्रतिकुल मौसमका कारण शनिबार दिउँसोदेखि स्थगन गरिएका अन्तरिकतर्फका सबै उडान तथा अवतरण आज बिहानदेखि मौसममा सुधार आएसँगै नियमित भएका विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए।

काठमाडौं- अविरल वर्षा र मौसम अनुकूल नहुँदा स्थगन गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान नियमित भएका छन्।

प्रतिकुल मौसमका कारण शनिबार दिउँसोदेखि स्थगन गरिएका अन्तरिकतर्फका सबै उडान तथा अवतरण आज बिहानदेखि मौसममा सुधार आएसँगै नियमित भएका विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए। उनले भने, 'बिहानदेखि मौसममा सुधार आएको छ, अहिले हाम्रा नियमित उडान तथा अवतरण भइरहेका छन्।'

जहाज उडान तथा अवतरण नियमित भएसँगै अहिले विमानस्थलको आन्तरिकतर्फ यात्रुहरुको चाप बढेको जनाइएको छ। शनिबार आन्तरिकतर्फका सबै उडान तथा अवतरण स्थगन भएपछि रोकिएका यात्रु गन्तव्यतर्फ गइरहेका छन्। 

आज बिहान मौसम अनुकूल भएसँगै नेपालगञ्ज र भद्रपुरमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भइसकेको तथा पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि मौसम अनुकूल रहेकाले आन्तरिक उडान सुरु गरिएको महाप्रवन्धक पाण्डेले बताए।

विमानस्थलको अन्तरराष्ट्रियतर्फका उडान तथा अवतरण भने शनिबार बेलुकीदेखि नै नियमित रहेको विमानस्थल कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असोज १९ २०८२१२:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend