शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

आइतबार, असोज १९ २०८२
पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरमा सडक भासिएको छ। शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिए। दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको उहाँको भनाइ छ। तर रातिको समयमा यस ठाउँमा जोखिम भएकाले यात्रा नगर्न उनले आग्रह गरे। 

विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो। सोही ठाउँमा पुनः सडक भासिएको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असोज १९ २०८२०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend