शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

फिस्लिङमा पहिरो, सडक अवरुद्ध

शनिबार, असोज १८ २०८२
फिस्लिङमा पहिरो, सडक अवरुद्ध
 
चितवन- इच्छाकामना गाउँपालिका-३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १ः४५ बजे मुग्लिङ-नागढुंगा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो।
 
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ । 
 
पहिरो पन्छाउने काम सुरु गरिएको उहाँले बताए। नारायणगढ-मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उनले जानकारी दिए। निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।


प्रकाशित : शनिबार, असोज १८ २०८२१५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend