शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालन, पहिरो पन्छाउने र सवारीसाधन पार गराउने कार्य सँगसँगै

शनिबार, असोज १८ २०८२
नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालन, पहिरो पन्छाउने र सवारीसाधन पार गराउने कार्य सँगसँगै

मुग्लिन- पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन-नागढुंगा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । 

धादिङ बेनिघाट रोराङ-१० जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको र चितवनको इच्छाकामना-५ तुइनखोला पुलमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। 

पहिरो पन्छाने र सवारीसाधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न उनले आग्रह गरे। पानी परिरहेको र ढुंगा-माटो झर्ने क्रम जारी रहेकाले उच्च जोखिम भने कायम रहेको प्रहरी जनाएको छ । 


प्रकाशित : शनिबार, असोज १८ २०८२०९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend