शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

पहिरोले नारायणघाट-मुग्लिन र मुग्लिन-नागढुंगा सडकखण्ड अवरुद्ध

शनिबार, असोज १८ २०८२
पहिरोले नारायणघाट-मुग्लिन र मुग्लिन-नागढुंगा सडकखण्ड अवरुद्ध

लगातार भइरहेको अविरल वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउने काम सुरु भएको छैन।

काठमाडौं- अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणघाट-मुग्लिन सडकखण्ड र मुग्लिन-नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ।

नारायणघाट-मुग्लिन सडकखण्डको तुइनखोला र मुग्लिन-नागढुंगा सडकखण्डअन्तर्गत धादिङको जवाङखोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो।

लगातार भइरहेको अविरल वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउने काम सुरु भएको छैन। सडक दुईतर्फी नै अवरुद्ध भएको छ।।

अपडेट:- 

सडक डिभिजन भरतपुरका अनुसार शनिबार बिहान ७:४० बजे- मुग्लिन-नारायणघाट सडकखण्डमा पानी परिरहेको छ। तुइनखाेला पुलनजिकै खसेको पहिरो हटाएर हाल सवारी आवागमन दुईतर्फि संचालनमा रहेपनि पानी परिरहेको र यस खण्डमा उच्च जोखिम बढेकोले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न र यात्रा गर्नुपर्ने भए सम्बन्धित निकायसँग समन्वय गर्न भनिएको छ।

साथै मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खाेलनजिकै खसेको पहिरो हटाइ हाल आवागमन सुरू भइसकेको छ।


प्रकाशित : शनिबार, असोज १८ २०८२०७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend