शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

आज कोशी, बागमती र गण्डकी  प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १३ २०८२
आज कोशी, बागमती र गण्डकी  प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।

काठमाडौं- हाल देशभर मनसुनी वायु एवं स्थानीय वायुको समेत प्रभाव कमजोर रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।  

तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको  महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी , बागमती , लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको  छ। रासस


प्रकाशित : सोमबार, असोज १३ २०८२०८:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend