शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

सार्वजनिक बिदामा पनि आयल निगमका १३ वटा डिपो खुला रहने

आइतबार, असोज १२ २०८२
सार्वजनिक बिदामा पनि आयल निगमका १३ वटा डिपो खुला रहने

पेट्रोलियम पदार्थको सहज बिक्रीवितरणको व्यवस्था मिलाउन १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ।

काठमाडौं- दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन्।

सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्रीवितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ।

निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगञ्ज, दाङ र दिपायलका इन्धन डिपो खुला रहनेछन्।

दसैँका समयमा सवारीसाधनको प्रयोग बढेसँगै इन्धनको खपत पनि बढी हुने गरेको छ। रासस


प्रकाशित : आइतबार, असोज १२ २०८२१५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend