शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँ : प्रधानमन्त्री कार्की

शनिबार, असोज ११ २०८२
ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि पर्यटन प्रवर्द्धन अत्यावश्यक रहेको बताइन्।

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवर्द्धन र संवर्द्धन अपरिहार्य भएको बताएकी छिन्। प्रधानमन्त्री कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि पर्यटन प्रवर्द्धन अत्यावश्यक रहेको बताइन्।

४६औँ विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय-बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण हाम्रो देश पर्यटकहरूको लागि आकर्षक गन्तव्य बनेको बताइन्।

प्रधानमन्त्रीले सन्देशमा भनेकी छिन्, 'पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन आवश्यक छ, सुशासनको आकांक्षासहित भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा समस्या देखिए पनि तत्काल रिकभरी सुरु भइसकेको छ।' रासस


प्रकाशित : शनिबार, असोज ११ २०८२१३:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend