शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

पूर्वराजनीतिक, प्रशासनिक पदाधिकारीबाट सवारी साधन र सुरक्षाकर्मी फिर्ता गर्न गृह र रक्षालाई अर्थ मन्त्रालयको परिपत्र

शुक्रबार, असोज १० २०८२
पूर्वराजनीतिक, प्रशासनिक पदाधिकारीबाट सवारी साधन र सुरक्षाकर्मी फिर्ता गर्न गृह र रक्षालाई अर्थ मन्त्रालयको परिपत्र

अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीलाई उपलब्ध गराइएका सवारी साधन, सुरक्षाकर्मीलगायतका अतिरिक्त सेवा सुविधा फिर्ता गराउन परिपत्र गरेको छ।

काठमाडौं- अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीलाई उपलब्ध गराइएका सवारी साधन, सुरक्षाकर्मीलगायतका अतिरिक्त सेवा सुविधा फिर्ता गराउन परिपत्र गरेको छ।

शुक्रबार गरिएको पत्राचारमार्फत मन्त्रालयले प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्डअनुसार मात्र सुविधा प्रदान गर्नुपर्ने भन्दै सो बाहेक उपलब्ध गराइएका सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता लिन तथा अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न निर्देशन दिएको हो।

गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने निर्णय गरेको थियो।

सोही निर्णयको कार्यान्वयनका लागि पत्राचार गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।


प्रकाशित : शुक्रबार, असोज १० २०८२२०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend