शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

कुन देशमा छन् सबैभन्दा धेरै एयरपोर्ट?

सोमबार, असोज १३ २०८२
कुन देशमा छन् सबैभन्दा धेरै एयरपोर्ट?

चीनमा एयरपोर्ट कम हुनुको मुख्य कारण चीनले हवाई यात्राभन्दा बढी रेल यात्रालाई केन्द्रमा राखेको छ। चीनले उच्च गतिको रेलवे विस्तारलाई तीव्रता दिएकाके छ।

काठमाडौं- हवाई जहाजको विकाससँगै मानिसको यात्रा छोटो हुन पुग्यो र यो नै अहिलेको यात्राको सबैभन्दा छरितो माध्यम बनेको छ। यसले मानिसको यात्रामात्र बढाएको छैन, कनेक्टिभिटी, व्यापार, पर्यटन तथा देशबीचको सांस्कृतिक आदानप्रदानमा समेत ठूलो भूमिका खेलेको छ। 

हवाई यात्राका लागि जहाजसँगै जहाजको ल्यान्डिङ तथा टेकअफका लागि एयरपोर्ट चाहिन्छ नै। हवाई पूर्वाधारमध्ये एयरपोर्ट महत्वपूर्ण पूर्वाधारमा पर्छ। अमेरिका र युरोपेली देशहरुमा धेरै एयरपोर्ट रहेका छन्। 

संसारमा भएका देशमध्ये सबैभन्दा धेरै एयरपोर्टको भएको देश अमेरिका हो। भिजुअल क्यापिटालिस्टका अनुसार अमेरिकामा १६ हजार १ सय १६ वटा एयरपोर्ट रहेका छन्। उक्त समाचारअनुसार अहिलेसम्म बनिसकेका र २०२५ को अन्त्यसम्म बनिसक्ने विश्वभर रहेका एयरपोर्टको संख्या ४७ हजार २ सय ४२ वटा रहेको छ। 

नेपालको छिमेकी देश चीनसँग ५ सय ५२ वटा एयरपोर्ट रहेको छ भने भारतमा ५ सय वटाभन्दा कम संख्यामा एयरपोर्ट रहेका छन्। 

विश्वभर ५ सय वटाभन्दा बढी एयरपोर्ट रहेको देशहरुको यसप्रकार छन् : 

१ अमेरिका- १६ हजार १ सय १६

२. ब्राजिल- ५ हजार २ सय ९७

३. अस्ट्रेलिया- २ हजार २ सय ५७

४. मेक्सिको- १ हजार ५ सय ८०

५. क्यानडा- १ हजार ४ सय ५९

६. फ्रान्स- १ हजार २ सय १८

७. बेलायत- १ हजार ५७

८. रसिया- ९ सय ५

९. जर्मनी- ८ सय ४०

१०- अर्जेन्टिना- ७ सय ६४

११- कोलम्बिया- ६ सय ६१

१२- इटाली- ६ सय ५५

१३- दक्षिण अफ्रिका- ५ सय ७३

१४. पपुवा न्यू गिनी- ५ सय ६९

१५. इन्डोनेसिया- छ सय ५६

१६. चीन- ५ सय ५२

१७. भेनेजुएला- ५ सय ९

१८. विश्वका बाँकी देश- ११ हजार ६ सय ७४

अमेरिकाका कयौँ एयरपोर्टहरु आर्मीका लागि मात्र छुट्याइएको छ। यसकाबीच अमेरिकामा सिभिलियन एयरपोर्टको संख्या बढी छ। देशको भूभाग ठूलो भइकन  पनि भीनमा एयरपोर्टको संख्या कम रहेको छ। 

चीनमा एयरपोर्ट कम हुनुको मुख्य कारण चीनले हवाई यात्राभन्दा बढी रेल यात्रालाई केन्द्रमा राखेको छ। चीनले उच्च गतिको रेलवे विस्तारलाई तीव्रता दिएकाके छ। 

२०२३ को अन्त्यसम्मको तथ्यांकअनुसार चीनमा ४५ हजार किलोमिटर उच्च गतिको रेलवे सञ्जाल विस्तार भइसकेको छ। एक सहरबाट अर्को सहर जोड्न चीनले छोटो रुटको हवाई यात्राको साटो उच्च गतिको रेलवे लाइन विस्तार गरिहेको छ। 


प्रकाशित : सोमबार, असोज १३ २०८२१६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend