आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

भ्रष्टाचार र बेथितिविरुद्ध जुरमुराए 'जेनजी' [तस्बिरहरू]

सोमबार, भदौ २३ २०८२
भ्रष्टाचार र बेथितिविरुद्ध जुरमुराए 'जेनजी' [तस्बिरहरू]

मुलुकमा भ्रष्टाचार मौलाएको, जुन पार्टी सत्तामा आएपनि आसेपासेहरूले मात्र लाभ लिएको, जनतालाई भने सधैँ सास्ती भएकाले अहिलेको नेताहरूको रजगजको विरोध युवाहरूले गरिरहेका छन्।

काठमाडौं- देशमा बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध नयाँ पुस्ताले प्रदर्शन गरेको छ। 'जेनजी' भनेर चिनिने नयाँ पुस्ताले सामाजिक सञ्जालमार्फत निकालिरहेको विरोधका स्वर सडकमा नै वृहत प्रदर्शनमार्फत प्रकट भएको छ। 

२८ वर्षमुनीका युवाहरूको समूहले काठमाडौं माइतीघरमा गरेको प्रदर्शनमा भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाएका छन्। प्रदर्शनमा कुनै पार्टी र कुनै समूहमार्फत नभइ युवाहरू स्वतन्त्ररुपमा जोडिँदै गइरहेका देखिन्छन्। 

समूह-समूहमा आएका युवाहरूले विभिन्न प्लेकार्ड र नारामार्फत असन्तुष्टी व्यक्त गरे। बानेश्वर क्षेत्रमा केही समय तनाबग्रस्त भएको प्रदर्शन बिहान ९ बजेदेखि १२ बजेसम्म भने शान्तिपूर्ण रह्यो। दशौँ हजारको संख्यामा प्रदर्शनकारी उपस्थित भए पछि भीड सम्हालिन सकेको थिएन। अहिले प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्युसमेत जारी गरेको छ। शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु लागेको छ। 

पछिल्लो समय फिलिपिन्स र इन्डोनेसियमा चर्किएको आन्दोलनबाट प्रेरित भएर नेपाली युवाहरूले मुलुकमा मौलाएको भ्रष्टाचार र आसोपासे पोस्ने शासनसत्ताको विरोध गर्न प्रदर्शन गरेका हुन्। टिकटकबाट सुरू भएको आन्दोलनमा सोमबार देशभर विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ। 

टिकटकमा युवाहरूले विशेषगरी राजनीतिक नेताका छोराछोरीहरूको भड्किलो जीवनशैली र गरिब जनताको कष्टपूर्ण अवस्थालाई तुलना गरेर भिडियो बनाउन थालेका थिए। सामान्य आम्दानी भएका नेताका छोराछोरीको विलासी जीवनशैली कसरी सम्भव भयो? वैध आम्दानी धेरै नहुँदा पनि अर्बौँको साम्राज्य कसरी खडा गरे? जस्ता प्रश्न उठाएर टिकटकमा युवाहरूले भिडियो बनाइरहेका छन्। 

gen z pradarsan (2).jpg

सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको 'जेनजी' भनेर चिनिएको पुस्ताका युवाहरूले यस्ता दर्जनौँ भिडियो बनाएका छन् जसमा जनताबाट उठेको करमा नेताका छोराछोरीले रजाइ गरेको देखाइएको छ। ‘हाम्रो कर तिम्रो बिलासी’, ‘अब पुग्यो’ लगायतका नारा तथा ‘नेपोकिड्स’ लगायतका ह्यासट्याक चलाइएको छ।

यो पुस्ता इन्टरनेट, स्मार्ट फोन र सामाजिक सञ्जालसँगै हुर्किएको पुस्ता हो। डिजिटल प्रवाह र विविधता महसुस गरेको यो पुस्तामा पछिल्लो समय राजनीतिक चेत र प्रश्न गर्ने शैलीको विकास स्पष्ट देखिन्छ। पछिल्लो हप्तादेखि चर्किएको भर्चुअल आन्दोलन सोमबार भने सडकमै आएको हो। 

पछिल्लो समय सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि युवाहरूको यो विरोध झन चर्को भएको छ। टिकटक, भाइबरलगायत अरु सामान्य प्रयोगमा आएकाबाहेक अन्य लोकप्रिय सञ्जाल नेपालमा प्रतिबन्ध लगाइएको छ। 

मुलुकमा भ्रष्टाचार मौलाएको, जुन पार्टी सत्तामा आएपनि आसेपासेहरूले मात्र लाभ लिएको, जनतालाई भने सधैँ सास्ती भएकाले अहिलेको नेताहरूको रजगजको विरोध युवाहरूले गरिरहेका छन्। 

gen z pradarsan (3).jpg
gen z pradarsan (4).jpg
gen z pradarsan (5).jpg
gen z pradarsan (6).jpg
gen z pradarsan (7).jpg
gen z pradarsan (8).jpg
gen z pradarsan (9).jpg
gen z pradarsan (10).jpg
gen z pradarsan (11).jpg
gen z pradarsan (12).jpg
gen z pradarsan (13).jpg
gen z pradarsan (14).jpg
gen z pradarsan (15).jpg
gen z pradarsan (16).jpg
gen z pradarsan (17).jpg
gen z pradarsan (19).jpg
gen z pradarsan (20).jpg
gen z pradarsan (21).jpg
gen z pradarsan (22).jpg
gen z pradarsan (23).jpg
gen z pradarsan (24).jpg
gen z pradarsan (25).jpg


प्रकाशित : सोमबार, भदौ २३ २०८२१३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend