काठमाडौं- प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेसँगै १७औँ ‘नाडा अटो शो’ काठमाडौं भृकुटीमण्डपमा सुरू भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरु भएर ६ दिनसम्म चल्ने अटो शोमा रोबोट, उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका छन्।
नाडा अटो शोको यो संस्करणमा प्रविधि र भविष्यमुखी सवारी प्रदर्शनीमा छन्। अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले रुचाएका छन्।
अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन्। त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ।
नाडा अटो शोमा मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएका छन्।

.jpeg)