आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

सवारी पारखीले रुचाइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो [तस्बिरहरू]

तीन दिनमा ४८ हजारभन्दा बढीले गरे अवलोकन

शनिबार, साउन २४ २०८२
सवारी पारखीले रुचाइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो [तस्बिरहरू]

काठमाडौं- पहिलोपटक आयोजना भएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' मा सवारी पारखीहरूको बाक्लो उपस्थिति भइरहेको छ। 

नाइमाको आयोजनामा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ पहिलोपटक काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा चलिरहेको हो। तीन दिन पूरा गरेको नाइमा मोबिलिटी एक्स्पो आज शनिबार र आइतबारसहित थप दुई दिन चल्नेछ।

पहिलो दिन १५ हजार, दोस्रो दिन १४ हजार र तेस्रो दिन १९ हजार ५ सय अवलोकनकर्ता आएकाले नाइमा मोबिलिटी एक्स्पोले सफलताको संकेत दिइसकेको छ। यसले नाइमा मोबिलिटी एक्स्पो आयोजकलाई उत्साहित पनि तुल्याएको छ।

नाइमा स्थापना भएको पहिलो वर्ष नै आयोजना भएको मोबिलिटी एक्स्पोमा ५० ब्रान्ड सहभागी छन्। नाइमा मोबिलिटी एक्स्पोको यो संस्करणमा ३५ वटाभन्दा बढी नयाँ दुईपांग्रे तथा चारपांग्रे सवारी मोडल सार्वजनिक भएका छन्।

४८ वटा स्टल रहेको मोबिलिटी एक्स्पोमा २१ वटा कार ब्रान्ड, १८ वटा दुईपांग्रे ब्रान्ड र ८ वटा व्यावसायिक सवारी ब्रान्ड सहभागी छन्।

naima (2).jpg

कार ब्रान्डहरूमा सिट्रोन, फर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, किया, केई, लिपमोटर, एलईभी वान, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा/जेइको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन जिकर र बीर्वाडी रहेका छन्।

दुईपांग्रे सवारी ब्रान्डहरूमा एम्पियर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया र जीहो रहेका छन्।

यस्तै कमर्सियल ब्रान्डहरूमा चेरी वान्डा, डोङफेङ, फारिजोन, ह्वाजी, कामा, क्यारी, किङलङ र सनलङ रहेका छन्। 

naima (3).jpg
naima (4).jpg
naima (5).jpg
naima (6).jpg
naima (7).jpg
naima (8).jpg
naima (9).jpg
naima (10).jpg
naima (11).jpg
naima (12).jpg
naima (13).jpg
naima (14).jpg
naima (15).jpg
naima (16).jpg
naima (17).jpg
naima (18).jpg
naima (19).jpg
naima (20).jpg
naima (21).jpg
naima (22).jpg
naima (23).jpg
naima (24).jpg
naima (25).jpg
naima (26).jpg

naima expo (13).jpg

पृथकरुपमा अवलोकनकर्ता आकर्षित गरिरहेको नाइमा मोबिलिटी एक्स्पो पृथकरुपमा अवलोकनकर्ता आकर्षित गरिरहेको नाइमा मोबिलिटी एक्स्पो

ईभीमय देखिएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो' [तस्बिरहरू] ईभीमय देखिएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो' [तस्बिरहरू]


प्रकाशित : शनिबार, साउन २४ २०८२०९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend