आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

ईभीमय देखिएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो' [तस्बिरहरू]

बुधबार, साउन २१ २०८२
ईभीमय देखिएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो' [तस्बिरहरू]

४८ वटा स्टल रहेको मोबिलिटी एक्स्पोमा २१ वटा कार ब्रान्ड, १८ वटा दुईपांग्रे ब्रान्ड र ८ वटा व्यावसायिक सवारी ब्रान्ड सहभागी छन्।

काठमाडौं- 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' सुरू भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार एक्स्पोको उद्घाटन गरेका हुन्।

नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स (नाइमा)को आयोजनामा सुरू भएको मोबिलिटी एक्स्पो २०२५ पाँच दिनसम्म चल्नेछ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा साउन २५ गतेसम्म नेपालमा उपलब्ध सवारीसाधनको अवलोकन तथा जानकारी लिन सकिनेछ।

नाइमा स्थापना भएको पहिलो वर्ष नै आयोजना भएको मोबिलिटी एक्स्पोमा ५० ब्रान्ड सहभागी छन्। नाइमा मोबिलिटी एक्स्पोको यो संस्करणमा ३५ वटाभन्दा बढी नयाँ दुईपांग्रे तथा चारपांग्रे सवारी मोडल सार्वजनिक भएका छन्।

४८ वटा स्टल रहेको मोबिलिटी एक्स्पोमा २१ वटा कार ब्रान्ड, १८ वटा दुईपांग्रे ब्रान्ड र ८ वटा व्यावसायिक सवारी ब्रान्ड सहभागी छन्।

कार ब्रान्डहरूमा सिट्रोन, फर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, किया, केई, लिपमोटर, एलईभी वान, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा/जेइको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन जिकर र बीर्वाडी रहेका छन्।

दुईपांग्रे सवारी ब्रान्डहरूमा एम्पियर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया र जीहो रहेका छन्।

यस्तै कमर्सियल ब्रान्डहरूमा चेरी वान्डा, डोङफेङ, फारिजोन, ह्वाजी, कामा, क्यारी, किङलङ र सनलङ रहेका छन्। 

naima expo (1).jpg

naima (1).jpg
creta.jpg
naima (2).jpg
naima expo (2).jpg
naima expo (10).jpg
jecoo.JPG
naima expo (3).jpg
naima expo (4).jpg
naima expo (5).jpg
naima expo (6).jpg
naima expo (7).jpg
naima expo (8).jpg
naima expo (9).jpg
naima expo (11).jpg
naima expo (12).jpg
naima expo (13).jpg
naima expo (14).jpg
naima expo (15).jpg
naima expo (16).jpg
naima expo (17).jpg
naima expo (18).jpg
naima expo (19).jpg
naima expo (20).jpg
naima expo (21).jpg
naima expo (22).jpg
naima expo (23).jpg
naima expo (24).jpg
naima expo (25).jpg


प्रकाशित : बुधबार, साउन २१ २०८२१८:४९
  • सम्बन्धित विषय:

  • # नाइमा
  • # naima


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend