बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

आन्तरिक उडानको सदाबहार लिडर बुद्ध एयरको वित्तीय अवस्था मजबुत

images
बिहीबार , असार १२ २०८२
images
images
आन्तरिक उडानको सदाबहार लिडर बुद्ध एयरको वित्तीय अवस्था मजबुत

कम्पनीको तरलता र नगद प्रवाहको अवस्था पनि सुविधाजनक रहेको छ।

images
images

काठमाडौं- नेपालको आन्तरिक हवाई उड्डयन सेवाको एकल सदाबहार लिडर बुद्ध एयरको वित्तीय अवस्था पनि मजबुत रहँदै आएको छ। कोरोना महामारीको समयमा पनि बजारका अन्य कम्पनीको तुलनामा सक्षम आर्थिक अवस्था कायम राख्न सफल कम्पनी पछिल्लो समय मजबुत बन्दै गएको छ। 

images
images

पछिल्लो रेटिङले बुद्ध एयरको आर्थिक अवस्था झन मजबुत बनेको देखिएको छ। अर्थात् कोरोना महामारीअघिकै अवस्थामा  यसको क्षमता पुगेको छ। र‍ेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो रेटिङले बुद्ध एयरको आर्थिक क्षमता मजबुदत बनेको देखिएको छ। 

images
images

बुद्धले उच्च श्रेणीको रेटिङ पाएको हो। बुद्धले अल्पकालीन तथा दीर्घकालीन ऋणको रेटिङमा ‘ए’ श्रेणीको रेटिङ पाएको हो। अल्पकालीनमा ‘ए वान’ रेटिङ पाएको छ। एक वर्षसम्मको ऋण तथा दायित्व भुक्तानीको उच्च क्षमता रहेको, नगदप्रवाहमा समस्या नदेखिएकोमात्र होइन उच्च विश्वासनीय छबिका साथै सानोतिनो आर्थिक झट्काबाट असर नगर्ने आधारले यस्तो रेटिङ दिइएको हो। 

images
images
images

त्यस्तै एक वर्षभन्दा धेरै अवधिको दायित्व भुक्तानीमा पनि कम्पनीले ‘एल ए’ श्रेणीको रेटिङ पाएको छ। यो पनि उच्च सुरक्षित श्रृंखलाको रेटिङ हो। कुनै पनि कम्पनीको दीर्घकालीन दायित्व भुक्तानीमा कठिन नहुने, विश्वासनीयतामा सबल र व्यवसाय विस्तारका लागि ‍सहजै लगानी गर्नसक्ने क्षमतालाई दर्शाउँछ। 

कुल १८ वटा जहाजबाट आन्तरिक तथा छोटो दुरीका क्षेत्रीय उडान गरिरहेको बुद्धले आम्दानी तथा नाफामा पनि सुधार हुँदै गएको छ। गएको वर्ष बुद्धले १३ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै यो वर्षको छ महिनामै ७ अर्ब ४१ करोड आम्दानी हुने र कुल आम्दानीमा २१ प्रतिशत नाफा हुने प्रक्षेपण गरिएको छ। 

कुनै पनि संस्थाको व्यवसायले निश्चित समयमा गर्ने आम्दानी, त्यस्तो सेवा सञ्चालन लाग्ने खर्च कटौती गरेर निस्केन रकम कति छ? भन्ने कुराले त्यसको सञ्चालन कत्तिको किफायति छ भन्ने कुरा देखाउँछ। कर, ह्रासकट्टी लगायतका खर्च कटौतीपूर्वको यस्तो नाफामा बुद्ध एयरको अवस्था सुधारोन्मुख देखिएको छ।

गएको वर्ष बुद्धले यस्तो कुल आम्दानीको १७.८ प्रतिशत सञ्चालन मुनाफा गर्न सफल भएको छ। त्यसअघिको महामारीको वर्ष १३ प्रतिशत माथि गएको थिएन। जुन सन् २०२५ मा २१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। 

बुद्ध एयरको टेन्जिबल नेटवर्थ अनुपातमा पनि सुधार भइरहेको छ। महामारीकालपूर्वका वर्षको तुलनामा बढेपनि गएको वर्षदेखि यसमा सुधार देखिएको छ। कुल चल सम्पत्ति र कुल ऋणको तुलना गरिने यो अनुपात १.४ गुणामा सीमित भएको छ। जुन महामारीमा २ प्रतिशतसम्म पुगेको थियो। 

कुल बाह्य दायित्व र चल सम्पत्तिको अनुपात जसले कुनै पनि कम्पनीको सञ्चालन कति धेरै ऋणमा निर्भर छ भन्ने देखाउँछ। यस्तो अनुपात पनि बुद्ध एयरको सन्तुलित छ। यस्तो अनुपात बुद्ध एयरको २.२ गुणामा सीमित भएको छ। 

कुनै पनि कम्पनी ऋणका हिसाबले कति जोखिमपूर्ण छ भनेर हेरिने अर्को तथ्यांक हो ऋण र सञ्चालन मुनाफाको अनुपात। कम्पनीले सञ्चालन मुनाफाको तुलनामा कति ऋण लिएको छ भनेर निकालिने यस्तो अनुपात बुद्ध एयरको १.६ गुणा रहेको छ। यस्तो अनुपात जति न्यून हुन्छ त्यति नै आम्दानीबाट ऋण तिर्ने सहज अवस्था हुन्छ। 

कुनै पनि कम्पनीको कुल ऋणको ब्याज खर्च र आम्दानीको अनुपात अर्को मुख्य सूचक हो। कुनै पनि संस्थाको आम्दानीले कति ब्याज तिर्न सक्छ वा सक्दैन भन्ने कुराले वित्तीय स्वास्थ्य वा ऋणको जोखिम निर्धारण हुन्छ। यस्तो अनुपात जति थोरै भयो उति नै कम्पनीमाथि ऋणको भार बढ्छ। अर्थात् ऋण सर्भिसिङबाहेक सञ्चालनका अन्य क्षेत्रमा लगानीका लागि पर्याप्त पुँजी हुँदैन। यो अनुपातमा बुद्ध एयरको प्रदर्शन उच्च रहेको छ। बुद्ध एयरको अनुपात ७.४ गुणा रहेको छ। त्यस्तै कम्पनीको तरलता नगद प्रवाहको अवस्था पनि सुविधाजनक रहेको छ।


प्रकाशित : बिहीबार , असार १२ २०८२१४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend