बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुहवी नगरपालिकाको ९३ करोड ६४ लाखको बजेट : निःशुल्क स्वास्थ्य बीमादेखि मल्टिप्लेक्स भवन बनाउने योजना

बिहीबार , असार ५ २०८२
दुहवी नगरपालिकाको ९३ करोड ६४ लाखको बजेट : निःशुल्क स्वास्थ्य बीमादेखि मल्टिप्लेक्स भवन बनाउने योजना

नगरपालिकाले आफ्नो बहुवर्षे योजनामा बहुउपयोगी कम्प्लेक्स बनाउने योजना अगाडि सारेको छ।

विराटनगर- सुनसरीको दुहवी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गरेको छ।

९३ करोड ६४ लाख ५६ हजार ८ सयको बजेट ल्याएको दुहवीले चालुतर्फ २१ करोड ९२ लाख ७० हजार र पुँजीगततर्फ ७१ करोड ७२ लाख ८६ हजार ८ सय रूपैयाँ विनियोजन गरेको छ।

नगरपालिकाले आफ्नो बहुवर्षे योजनामा बहुउपयोगी कम्प्लेक्स बनाउने योजना अगाडि सारेको छ।

१७ औँ  नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर मेनुका खतिवडाले बहुउपयोगी कम्प्लेक्स निर्माणको लागि ९ करोड १७ लाख बजेट विनियोजन गरिएको बताइन्। सार्वजनिक-निजी-साझेदारी मोडेलमा कम्प्लेक्स निर्माण गर्न लागिएको र त्यसबापत पालिकाले आम्दानी गर्ने उनको भनाइ छ।  

दुहवी रंगशाला निर्माणमा १ करोड ९७ लाख विनियोजन गरेको बताउँदै खतिवडाले दुहवीलाई खेलकुदको उर्वर पालिका बनाउने बताइन्।

यस्तै, आधारभूत स्वास्थ्य सेवाको लागि ६ करोड ९६ लाख विनियोजन गरिएको छ। विपन्न तथा गरिब जनतालाई निःशुल्क स्वास्थ्य बीमा तथा निःशुल्क मोतियाबिन्दु र जलबिन्दुको अपरेसन गर्ने पालिकाको योजना छ।

१२ वडामा समेटिएको दुहवी नगरपालिकालाई प्रतिवडा ९० लाखको सिलिङ तोकिएको छ।

दुहवीले छिमेकी बुढिगंगा गाउँपालिकासँग मिलेर सार्वजनिक-निजी साझेदारीमा फोहोरमैला व्यवस्थापन गर्ने भएको छ। स्थानीय उद्योगलाई समेत फोहोरमैला व्यवस्थापनमा थप कडाइ गर्ने पालिकाले नीति लिएको हो।


प्रकाशित : बिहीबार , असार ५ २०८२१९:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend