शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

दुहवी नगरपालिकाको ९३ करोड ६४ लाखको बजेट : निःशुल्क स्वास्थ्य बीमादेखि मल्टिप्लेक्स भवन बनाउने योजना

images
बिहीबार , असार ५ २०८२
images
images
दुहवी नगरपालिकाको ९३ करोड ६४ लाखको बजेट : निःशुल्क स्वास्थ्य बीमादेखि मल्टिप्लेक्स भवन बनाउने योजना

नगरपालिकाले आफ्नो बहुवर्षे योजनामा बहुउपयोगी कम्प्लेक्स बनाउने योजना अगाडि सारेको छ।

images
images

विराटनगर- सुनसरीको दुहवी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गरेको छ।

images
images
images

९३ करोड ६४ लाख ५६ हजार ८ सयको बजेट ल्याएको दुहवीले चालुतर्फ २१ करोड ९२ लाख ७० हजार र पुँजीगततर्फ ७१ करोड ७२ लाख ८६ हजार ८ सय रूपैयाँ विनियोजन गरेको छ।

images
images

नगरपालिकाले आफ्नो बहुवर्षे योजनामा बहुउपयोगी कम्प्लेक्स बनाउने योजना अगाडि सारेको छ।

images
images
images

१७ औँ  नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर मेनुका खतिवडाले बहुउपयोगी कम्प्लेक्स निर्माणको लागि ९ करोड १७ लाख बजेट विनियोजन गरिएको बताइन्। सार्वजनिक-निजी-साझेदारी मोडेलमा कम्प्लेक्स निर्माण गर्न लागिएको र त्यसबापत पालिकाले आम्दानी गर्ने उनको भनाइ छ।  

दुहवी रंगशाला निर्माणमा १ करोड ९७ लाख विनियोजन गरेको बताउँदै खतिवडाले दुहवीलाई खेलकुदको उर्वर पालिका बनाउने बताइन्।

यस्तै, आधारभूत स्वास्थ्य सेवाको लागि ६ करोड ९६ लाख विनियोजन गरिएको छ। विपन्न तथा गरिब जनतालाई निःशुल्क स्वास्थ्य बीमा तथा निःशुल्क मोतियाबिन्दु र जलबिन्दुको अपरेसन गर्ने पालिकाको योजना छ।

१२ वडामा समेटिएको दुहवी नगरपालिकालाई प्रतिवडा ९० लाखको सिलिङ तोकिएको छ।

दुहवीले छिमेकी बुढिगंगा गाउँपालिकासँग मिलेर सार्वजनिक-निजी साझेदारीमा फोहोरमैला व्यवस्थापन गर्ने भएको छ। स्थानीय उद्योगलाई समेत फोहोरमैला व्यवस्थापनमा थप कडाइ गर्ने पालिकाले नीति लिएको हो।


प्रकाशित : बिहीबार , असार ५ २०८२१९:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend