बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पाँचतारे 'होटल वेदा' निर्माणमा गोल्यान ग्रुपको ४ अर्ब लगानी, रुपन्देहीमा १७७ कोठा हुने होटल बन्ने

बुधबार, जेठ १४ २०८२
पाँचतारे 'होटल वेदा' निर्माणमा गोल्यान ग्रुपको ४ अर्ब लगानी, रुपन्देहीमा १७७ कोठा हुने होटल बन्ने

लुम्बिनी प्रदेशको रुपन्देहीमा चार अर्ब रुपैयाँको लगानीमा वेदा हस्पिटालिटी होटल निर्माण सुरु भएको छ। व्यावसायिक घरना गोल्यान ग्रुपले होटल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको छ।

काठमाडौं- लुम्बिनी प्रदेशको रुपन्देहीमा चार अर्ब रुपैयाँको लगानीमा वेदा हस्पिटालिटी होटल निर्माण सुरु भएको छ। व्यावसायिक घरना गोल्यान ग्रुपले निर्माण गर्ने होटलका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको छ।

रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ मा होटल निर्माण हुने छ। होटलमा ११ वटा भवन निर्माण हुने छ। जहाँ एउटा वेलकम ब्लक, एउटा क्यासिनो ब्लक, चारवटा होटल ब्लक र पाँचवटा भिल्ला ब्लक निर्माण हुने छ।

होटलमा १ सय ७७ वटा रुमसहित २ सय ७० वटा शय्या हुने छ। होटलमा वेंक्वेट हल, कन्फेरेन्स हल, मिटिङ हल, ज्याकुजी, स्पा, स्टीम, साउना, मसाज, फिटनेस सेन्टर, स्विमिङ पुल जस्ता सुविधा रहने छ।

होटल सञ्चालनमा दैनिक १ लाख २५ हजार लिटर भूमिगत पानी प्रयोग हुने रिपोर्टमा उल्लेख छ। होटलमा ५० वटा दुईपांग्रे र २ सय २० वटा चारपांग्रे सवारी साधन पार्किङ क्षेत्र निर्माण हुने छ। 

होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ९.११ किलोमिटर पश्चिम र मायादेवी मन्दिरबाट ७ किलोमिटर उत्तर पूर्वतर्फ होटल रहने छ। 

होटल नेपाल-भारत सुनौली नाकाबाट साढे १६ किलोमिटर दक्षिण पूर्वमा पर्ने छ। होटल निर्माण ४ वर्षमा सम्पन्न हुने जनाइएको छ। साथै होटलमा गरेको लगानी १० वर्ष फिर्ता हुने अपेक्षा रिपोर्टमा राखिएको छ।


प्रकाशित : बुधबार, जेठ १४ २०८२०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend