शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

हुलाक बचत बैंकको पाँच करोडभन्दा बढी रकम हिनामिना, ६ जनाविरुद्ध अख्तियारले हाल्यो मुद्दा

मंगलबार, वैशाख ३० २०८२
हुलाक बचत बैंकको पाँच करोडभन्दा बढी रकम हिनामिना, ६ जनाविरुद्ध अख्तियारले हाल्यो मुद्दा

उनीहरुले बैंकमा जनताको निक्षेप संकलन गरी बचतकर्ताको पासबुक, लेजरमा मात्रै प्रविष्ट गरेको र कार्यालयको नगदी रजिस्ट्रारमा नराखेको, बैंक दाखिला नगरी आफूखुसी बाँडफाँट गरी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएको आयोगको ठहर छ।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले २०६० सालदेखि हुलाक बचत बैंक जिम्मा लिँदै आएकाहरुले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुसी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले मुद्दा दायर गरिएको जनाएको छ।

उनीहरुले बैंकमा जनताको निक्षेप संकलन गरी बचतकर्ताको पासबुक, लेजरमा मात्रै प्रविष्ट गरेको र कार्यालयको नगदी रजिस्ट्रारमा नराखेको, बैंक दाखिला नगरी आफूखुसी बाँडफाँट गरी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएको आयोगको ठहर छ।

जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन प्रमुख जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव, सुजितकसुमार साह, तत्कालीन नासु बलिरामप्रसाद कुर्मीलगायतले पाँच करोड ३५ लाख ६४ हजार २ सय ७९ रूपैयाँ बराबरको रकम हिनामिना गरेको आयोगको अभियोग छ।

उनीहरुविरुद्ध कैद, जरिवाना र बिगोसमेत असुल उपरको गरी पाऊँ भन्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। रासस

प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend