मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

तमानखोलाको नर्जाखानीका घरघरमा धारा जडान, खानेपानी समस्या समाधान

images
मंगलबार, वैशाख ३० २०८२
images
तमानखोलाको नर्जाखानीका घरघरमा धारा जडान, खानेपानी समस्या समाधान

वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित खानेपानीको सुविधा पुगेको हो।

images
images

बागलुङ- यहाँको सबैभन्दा विकट तमानखोला गाउँपालिका-६ नर्जाखानीमा खानेपानी समस्या समाधान भएको छ। वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो। एक गाग्री पानी भर्न घण्टौँ कुर्नुपर्ने समस्या समाधान भएको स्थानीयको भनाइ छ।

images
images
images

गाउँपालिकाको ४० लाख रूपैयाँ लागतमा गाउँमा ११७ धारा निर्माण भएका छन्। ‘एक घर, एक धारा’ निर्माण भएपछि समस्या समाधान भएको स्थानीय भिमकुमारी छन्त्यालले बताइन्।

images
images

छन्त्यालले भनिन्, 'बिहान सबेरै उठेर धाराबाट पानी ल्याउँदै समय जान्थ्यो, केटाकेटीलाई स्कुल पठाउन सधैँ हतार हुन्थ्यो, अहिले त्यो समयको भने सदुपयोग भएको छ, आँगनमै धारो भएपछि सजिलो भएको छ।'

images
images

खानेपानी आयोजना सम्पन्न गर्न स्थानीयले जनश्रमदानबापत पाँच लाख रूपैयाँ बराबरको काम गरेका थिए। आयोजनाद्वारा नर्जाखानी गाउँका १११ घरधुरीमा धारा जोडिएका छन् भने ६ वटा सार्वजनिक स्थानमा धारा निर्माण गरिएको छ।

आयोजना सुरु भएको दुई वर्षभित्र  गाउँलेले 'एक घर एक धारा' निर्माण गर्न सफल भएका हुन्। भौगोलिक हिसाबले कठिन रहेको यस क्षेत्रको खानेपानी समस्या समाधानलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend