शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

प्रधानमन्त्रीसँग अन्तरसंसदीय सम्मेलनका सहभागीको भेट, साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान

मंगलबार, वैशाख ३० २०८२
प्रधानमन्त्रीसँग अन्तरसंसदीय सम्मेलनका सहभागीको भेट, साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान

भेटमा प्रधानमन्त्री केपी ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आईएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुख सम्मेलन’ (आईएससी)का सहभागीले आज भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो।

सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आईएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए।

भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आईएससी) का सल्लाहकार मासाइची होरीलगायत अन्य सहभागी थिए।

यसैगरी, नेपाली प्रतिनिधिका रुपमा (आईएससी) का नवनियुक्त महासचिव एकनाथ ढकाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी थिए। रासस


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend