शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

गन्यापधुरामा एक करोडको लगानीमा खेलमैदान बन्दै

मंगलबार, वैशाख ३० २०८२
गन्यापधुरामा एक करोडको लगानीमा खेलमैदान बन्दै

गन्यापधुरा-२ स्थित टाउरडाँडामा खेलमैदान निर्माण भइरहेको अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए।

डडेल्धुरा- गन्यापधुरा गाउँपालिकाले करिव एक करोडको लगानीमा पालिकास्तरीय खेलमैदान निर्माण गरिरहेको छ। गन्यापधुरा-२ स्थित टाउरडाँडामा खेलमैदान निर्माण भइरहेको अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए।

खेल मैदानको अभावमा विभिन्न खेलकुद गतिविधि प्रभावित हुँदै आएको जनाइएको छ। स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले खेलमैदान निर्माण गर्न लागिएको उनले बताए।

अध्यक्ष कार्कीले भने, 'जिल्लामा एउटा पनि खेलमैदान नभएको अवस्थामा यो मैदानलाई जिल्लाकै नमूना बनाउने उद्देश्य रहेको छ र क्रिकेट खेल्न योग्य मैदान बन्ने छ।' रासस


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend