शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

हुण्डी कारोबारमा संलग्न दुईजना ४२ लाख रूपैयाँसहित पक्राउ

सोमबार, वैशाख २९ २०८२
हुण्डी कारोबारमा संलग्न दुईजना ४२ लाख रूपैयाँसहित पक्राउ

पक्राउ पर्नेहरूमा काठमाडौं बस्ने खोटाङका २३ वर्षीय विजयकुमार राई र रामेछापका २८ वर्षीय खेटराज श्रेष्ठ रहेका छन्।

काठमाडौं- हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं बस्ने खोटाङका २३ वर्षीय विजयकुमार राई र रामेछापका २८ वर्षीय खेटराज श्रेष्ठ रहेका छन्।

काठमाडौं महानगरपालिका-२२ न्युरोड एरियामा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनविपरीत हुण्डीमार्फत वित्तीय कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई शुक्रबार हुण्डी कारोबारको लागि बोकेको ४२ लाख १० हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रकाशित : सोमबार, वैशाख २९ २०८२१८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend