काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा गोकर्णेश्वर बस्ने बर्दिबासकी दिपाकुमारी पोख्रेल पक्राउ परेकी छिन्।
पोल्यान्ड पठाइदिने भन्दै एकजना पीडितबाट २ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा ३३ वर्षीया पोख्रेललाई शनिबार प्रहरीले गोकर्णेश्वरबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।