शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

पोल्यान्ड पठाइदिन्छु भन्दै दुई लाख रूपैयाँ ठगी गर्ने एकजना पक्राउ

सोमबार, वैशाख २९ २०८२
पोल्यान्ड पठाइदिन्छु भन्दै दुई लाख रूपैयाँ ठगी गर्ने एकजना पक्राउ

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा गोकर्णेश्वर बस्ने बर्दिबासकी दिपाकुमारी पोख्रेल पक्राउ परेकी छिन्।

पोल्यान्ड पठाइदिने भन्दै एकजना पीडितबाट २ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा ३३ वर्षीया पोख्रेललाई शनिबार प्रहरीले गोकर्णेश्वरबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित : सोमबार, वैशाख २९ २०८२१८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend