शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

ट्रम्पले कर वृद्धि गरेपछि ल्याटिन अमेरिकी नेतासँग सम्बन्ध बढाउँदै चीन

सोमबार, वैशाख २९ २०८२
ट्रम्पले कर वृद्धि गरेपछि ल्याटिन अमेरिकी नेतासँग सम्बन्ध बढाउँदै चीन

उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कर वृद्धिविरुद्ध संयुक्त मोर्चाबनाउन आग्रह गरेको छ। ल्याटिन अमेरिकी मुलुकमध्ये २ तिहाइ बेइजिङको ट्रिलियन डलरको बेल्ट एन्ड रोड (बीआरआई) पूर्वाधार कार्यक्रममा सामेल भएका छन्।

बेइजिङ- चीनले ल्याटिन अमेरिकासँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले ल्याटिन अमेरिकी नेता र अधिकारीहरूसँग भेट गरेको छ। अमेरिकासँगको व्यापार युद्धपछि बेइजिङले हालैका वर्षहरूमा ल्याटिन अमेरिकी राष्ट्रहरूसँग आर्थिक र राजनीतिक सहयोग बढाएको छ।

उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कर वृद्धिविरुद्ध संयुक्त मोर्चाबनाउन आग्रह गरेको छ। ल्याटिन अमेरिकी मुलुकमध्ये २ तिहाइ बेइजिङको ट्रिलियन डलरको बेल्ट एन्ड रोड (बीआरआई) पूर्वाधार कार्यक्रममा सामेल भएका छन्। चीनले ब्राजिल, पेरु र चिलीलगायतको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा अमेरिकालाई उछिनेको छ।

चीन र ३३ सदस्यीय ल्याटिन अमेरिकी तथा क्यारेबियन स्टेट्स समुदाय (सीईएलएसी) बीच मंगलबारदेखि औपचारिक रुपमा फोरम सुरु हुँदैछ। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा ५ दिने राजकीय भ्रमणका लागि शनिबार बेइजिङ पुगेका हुन्। लुलाले सन् २०२३ को सुरुमा सत्तामा आएदेखि नै चीन र अमेरिकासँग सम्बन्ध सुधारगर्ने प्रयास गर्दै आएका थिए।

संयुक्त राष्ट्रसंघको कम्ट्रेड डाटाबेसका अनुसार गत वर्ष ब्राजिलले चीनमा ९४ अर्ब डलरभन्दा बढीको निर्यात गरेको थियो।दक्षिण अमेरिकी कृषि शक्ति राष्ट्र ब्राजिलले मुख्यतया सोयबिन र अन्य प्राथमिक वस्तुहरू चीनमा पठाउँछ। चीनले ब्राजिललाई सेमीकन्डक्टर, टेलिफोन, सवारी साधन र औषधिहरू बेच्दछ। सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले क्युबाका ब्रुनो रोड्रिग्वेज पेरिला, भेनेजुएलाका यभान गिल, पेरुका एल्मर सियालर र उरुग्वेका मारियो लुबेट्किनलाई बेइजिङको अलङ्कृत दियाओयुताई स्टेट गेस्टहाउसमा बोलाएका थिए।

सम्मेलनमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो र चिलीका राष्ट्रपति गेब्रियल बोरिकको पनि सहभागिता रहने बताइएको छ। पेट्रोले गत साता आगामी दिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुँदा बीआरआईमा सामेल हुन ‘आशय पत्र’मा हस्ताक्षर गर्ने बताएका थिए। बेइजिङको विदेश मन्त्रालयका अनुसार सीले शिखर सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्नेछन्। चिनियाँ विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले चीन र ल्याटिन अमेरिकाबीचको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट विकास गर्न बेइजिङले सधैं चासो राखेको बताए। 

‘ल्याटिन अमेरिका र क्यारेबियनका जनता आफ्नो मातृभूमि बनाउन चाहन्छन्, अरू कुनै देशको आँगनको रूपमा सेवा गर्न होइन’ मियाओ डेयुले एक पत्रकार सम्मेलनमा भने। चीनले अमेरिकी करको सामना गर्दै ल्याटिन अमेरिकी देशहरूसँग सञ्चार र समन्वयलाई बलियो बनाउन र एकपक्षीयता र आर्थिक दादागिरीको विरोध गर्दै संयुक्त रूपमा काम गर्न इच्छुक भएको समेत मियाओलेको भनाइ छ। रासस


प्रकाशित : सोमबार, वैशाख २९ २०८२१३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend