शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

सोमबार, वैशाख २९ २०८२
रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनःसुरु गरेको हो।

गुल्मी- यात्रुको चाप बढेसँगै गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ। विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुंगा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।

नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन। नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ। नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनःसुरु गरेको हो।

रेसुंगा-काठमाडौंका लागि ७ हजार ८० र काठमाडौं-रेसुंगा ७ हजार २ सय ८० भाडादर कायम छ। मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन। हप्तामा ३ दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए।

निगमको १८ सिट क्षमताको जहाजले  बिहान ६ः१० बजे काठमाडौंबाट रेसुंगा र बिहान ७ः१५ बजे रेसुंगाबाट काठमाडौंका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ। रासस


प्रकाशित : सोमबार, वैशाख २९ २०८२१३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend