शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

धितोपत्र बोर्डले माग्यो प्रहरीको सुरक्षा

सोमबार, वैशाख २९ २०८२
धितोपत्र बोर्डले माग्यो प्रहरीको सुरक्षा

निजी सुरक्षा सेवाले सामान्य सहजीकरण बाहेक गर्नसक्ने हुँदैन त्यसैले प्रहरीकै सुरक्षा आवश्यक हुने भन्दै बोर्डले मागेको हो।

काठमाडौं- पुँजी बजारको नियामक धितोपत्र बोर्डले नेपाल प्रहरीको सुरक्षा माग गरेको छ। हाल निजी कम्पनीको सुरक्षा सेवामात्र लिइरहेको बोर्डले अबदेखि नेपाल प्रहरीको  सुरक्षा सेवा माग गरेको छ। 

बोर्डले प्रहरीको सुरक्षा सेवा व्यवस्था मिलाइदिन माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ। गृह मन्त्रालयसँगको समुन्वयमा प्रहरीको सुरक्षा हुने व्यवस्था मिलाइदिन माग गरिएको छ। 

बोर्डले यसअघि प्रदर्शन तथा धर्ना हुँदामात्र प्रहरीको सेवा माग गर्ने गरेको थियो। सेयर बजारका लगानीकर्ताहरुले यसअघि बोर्ड अगाडि प्रदर्शन गर्दा केही समयका लागि प्रहरी सुरक्षा मागेको थियो। तर पछिल्लो समय बोर्डमाथि गम्भीर आरोप लागेको र त्यसको कारणले हुलहुज्जत हुनसक्ने भन्दै प्रहरीको सुरक्षा माग गरिएको हो। 

यो पालिको सुरक्षा अस्थायीभन्दा पनि स्थायी सुरक्षा माग हो। 

पुँजी बजारमा नियमित चासो बढ्दै गएको र निजी तहबाट सुरक्षा चुनौति बढ्ने विश्लेषण बोर्डको छ। आईपीओ अनुमतिको स्वीकृतिकै लागि पनि चुल्ठे मुन्द्रेहरू कार्यालयमा आउनसक्ने जोखिम बढेको भन्दै बोर्षका अध्यक्षले सुरक्षा माग गर्नुपर्ने प्रस्ताव बनाउन लगाएका थिए।

अहिले दर्जनौं कम्पनीको आईपीओ अनुमति पेन्डिङमा रहेको छ। यी कम्पनीका सञ्चालक तथा कम्पनीका मान्छेहरू दिनहुँ बोर्डमा धाउने गरेका छन्। कोही फ्रस्टेट भएर आक्रमण नै गर्नसक्ने जोखिमको विश्लेषण बोर्डले गरेको छ। 

निजी सुरक्षा सेवाले सामान्य सहजीकरण बाहेक गर्नसक्ने हुँदैन त्यसैले प्रहरीकै सुरक्षा आवश्यक हुने भन्दै बोर्डले मागेको हो। 


प्रकाशित : सोमबार, वैशाख २९ २०८२०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend