शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १३६ रूपैयाँ ९० पैसा

सोमबार, वैशाख २९ २०८२
आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १३६ रूपैयाँ ९० पैसा

राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम गरिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९९ पैसा तोकिएको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ३५ पैसा र बिक्रीदर १८२ रूपैयाँ १५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १६४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४० पैसा र बिक्रीदर ८७ रूपैयाँ ७८ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७९ पैसा र बिक्रीदर ९८ रूपैयाँ २२ पैसा रहेको छ। सिङ्गापुर डलरको खरिददर १०५ रूपैयाँ र बिक्रीदर १०५ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा तथा चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १८ रूपैयाँ ९२ पैसा कायम गरिएको छ।

त्यसैगरी, साउदी रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियालको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकिएको छ।

थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्विडिस र डेनिस क्रोनर लगायत अन्य मुद्राहरूको विनिमयदर पनि तोकिएको छ।

कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ३० पैसा र बिक्रीदर ४४६ रूपैयाँ २६ पैसा, बहराइन दिनार ३६१ रूपैयाँ ५२ पैसा र ३६३ रूपैयाँ ११ पैसा तथा ओमनी रियाल ३५४ रूपैयाँ ४९ पैसा र ३५६ रूपैयाँ ०५ पैसा कायम भएको छ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर खुलाबजारका आधारमा केही फरक हुन सक्ने तथा अद्यावधिक दर राष्ट्र बैङ्कको वेबसाइटमार्फत उपलब्ध हुने पनि जानकारी दिइएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख २९ २०८२०६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend