शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी तथा चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

आइतबार, वैशाख २८ २०८२
एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी तथा चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन भएको यस आयोजनाको लागत करिब ७ अर्ब रूपैयाँ रहने जानकारी दिइएको छ।

काठमाडौं- एनएमबि बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक र डायनामिक हाइड्रो इनर्जी प्रालिबीच दोलखाको विगु गाउँपालिकामा रहेको ४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ।

एनएमबि बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन भएको यस आयोजनाको लागत करिब ७ अर्ब रूपैयाँ रहने जानकारी दिइएको छ। यसमध्ये बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ५ अर्ब २५ करोड रूपैयाँ रहनेछ।

साथै, एनएमबि बैंकले एकल लगानीमा २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको पनि वित्तीय व्यवस्थापन समापन गरेको छ।  आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रूपैयाँ रहेको छ भने एनएमबि बैंकले ३४ करोड रूपैयाँ ऋण लगानी गर्ने भएको छ।

एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल, चिफ, सस्टेनेबल इनर्जी बैंकिङ तथा डायनामिक हाइड्रो इनर्जी प्रालिको तर्फबाट अध्यक्ष मोहनविक्रम कार्कीले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरे।

सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले एनएमबि बैंकमा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सूक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए।

मोहनविक्रम कार्कीले एनएमबि बैंकसँग यस परियोजनासहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसीमामा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे।

एनएमबि बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend