शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने - नयाँ ढंगले मल कारखाना खोलिने छ

आइतबार, वैशाख २८ २०८२
सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने - नयाँ ढंगले मल कारखाना खोलिने छ

प्रधानमन्त्री केपी ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तर्राष्ट्रियरुपमा नेपाल ‘ग्रे लिष्ट’ मा पर्नु अघिल्लो सरकारको कमजोरी भएको स्पष्ट गरे।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढंगले मल कारखाना स्थापना हुने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढंगले कारखाना खोलिने बताएका हुन्।

उनले नयाँ विधिबाट फोहरमैला व्यवस्थापनको कुरा सोचिरहेको जानकारी पनि दिए।

प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तर्राष्ट्रियरुपमा नेपाल ‘ग्रे लिष्ट’ मा पर्नु अघिल्लो सरकारको कमजोरी भएको स्पष्ट गरे। रासस


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend