शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भारतद्वारा ‘सगरमाथा संवाद’का लागि नेपाललाई १५ वटा विद्युतीय सवारीसाधन हस्तान्तरण

आइतबार, वैशाख २८ २०८२
भारतद्वारा ‘सगरमाथा संवाद’का लागि नेपाललाई १५ वटा विद्युतीय सवारीसाधन हस्तान्तरण

भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवले आज एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई उक्त सवारीसाधनहरू हस्तान्तरण गरेका हुन्।

काठमाडौं- भारतले नेपाललाई १५ वटा विद्युतीय सवारीसाधन प्रदान गरेको छ। भारत सरकारले टाटा मोटर्सले उत्पादन गरेको कर्भ विद्युतीय एसयूभी दिएको हो। 

भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवले आज एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई उक्त सवारीसाधनहरू हस्तान्तरण गरेका हुन्।

उपहारस्वरूप प्रदान गरिएका यी विद्युतीय सवारीसाधनहरूले २०८२ जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको ‘सगरमाथा संवाद’को पहिलो संस्करणलाई सफलतापूर्वक सम्पन्न गर्न सघाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सगरमाथा संवाद नेपालको तर्फबाट प्रस्तुत गरिएको एक उच्चस्तरीय अन्तर्राष्ट्रिय संवाद मञ्च हो, जसले जलवायु परिवर्तन, दिगो विकास र विश्व शान्तिसम्बन्धी विचार-विमर्शलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले भारतले प्रदान गरेको यो सहयोग कूटनीतिक दृष्टिले पनि महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

कर्भ ईभी टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले केही महिनाअघि बिक्रीका लागि सार्वजनिक गरेको थियो।

कुपे डिजाइनको यो विद्युतीय एसयूभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ। यो विद्युतीय एसयूभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक रहेकाे छ। 


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend