शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन, लागत ५ अर्ब

आइतबार, वैशाख २८ २०८२
एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन, लागत ५ अर्ब

एनएमबि बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको जनाएको छ।

काठमाडौं- एनएमबि बैंक, कृषि विकास बैंक र बज्र इनर्जी भेन्चर्स प्रालिबीच कास्कीको मादी गाउँपालिकामा अवस्थित २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापनको सहमति भएको छ।

एनएमबि बैंकको अगुवाइमा बन्न लागेको यस आयोजनाको लागत करिब ५ अर्ब ३५ करोड रूपैयाँ रहने जानकारी दिइएको छ। जसमा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रूपैयाँ रहनेछ।

एनएमबि बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको जनाएको छ।

त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रवर्द्धित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना २०८१ को कार्तिक २७ देखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइएको थियो। उक्त आयोजनामा एनएमबि बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गरेको छ।


प्रकाशित : आइतबार, वैशाख २८ २०८२११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend