शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी खुला

आइतबार, वैशाख २८ २०८२
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी खुला

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश०३-००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो।

चितवन- इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी खुलेको छ। वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश०३-००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फी खुला गरेको र दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए। दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ। रासस


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend