शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

प्रत्यक्ष वार्तापछि भारत-पाकिस्तान सैन्य गतिविधि स्थगन गर्न सहमत

शनिबार, वैशाख २७ २०८२
प्रत्यक्ष वार्तापछि भारत-पाकिस्तान सैन्य गतिविधि स्थगन गर्न सहमत

भारत र पाकिस्तानबीच जारी तनाव रोकिने भएको छ। पाकिस्तानले सुरु गरेको संवादपछि दुबै देशबीच सैन्य कारबाही रोक्न सहमत भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

काठमाडौं- भारत र पाकिस्तानबीच जारी तनाव रोकिने भएको छ। पाकिस्तानले सुरु गरेको संवादपछि दुबै देशबीच सैन्य कारबाही रोक्न सहमत भएको भारतीय बिदेश मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार पाकिस्तानले पहल गरेर सुरु गरेको प्रत्यक्ष वार्तापछि दुबै देशले सैन्य कारबाही रोक्न सहमति जनाएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्।

भारतीय पक्षका अनुसार पछिल्ला दिनमा सीमा क्षेत्रमा बढ्दो तनाव र गोली हानाहानका घटनालाई मध्यनजर गर्दै पाकिस्तानले संवादको प्रस्ताव गरेको थियो। त्यसअनुसार दुई देशका उच्च सैनिक अधिकारीहरूबीच प्रत्यक्ष संवाद भएको थियो। जसमा सैन्य कारबाही रोक्ने निर्णयमा सहमति भएको भारतीय अधिकारीहरूले बताएका छन्।

यद्यपि पाकिस्तानले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। भारतले भने आपसी समझदारी कायम राख्दै विवादलाई थप नबढाउने स्पष्ट सन्देश दिएको छ।

सीमा क्षेत्रमा बारम्बार हुने गोलीबारीका घटनाहरूले दुबै देशका सर्वसाधारण नागरिकहरूलाई ठूलो असर पारेको भन्दै मानविय चिन्ताको विषय बनेको थियो। पछिल्लो वार्ताबाट दुबै मुलुकबीचको तनाव केही हदसम्म कम हुने आशा गरिएको छ।

भारत-पाकिस्तानबीचको यो सहमति अन्तर्राष्ट्रिय समुदायद्वारा पनि सकारात्मक रूपमा हेरिएको छ। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि केही बेरअघि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेका थिए।

ट्रम्पले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो बताएका थिए। ट्रम्पका अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि दुवै देश तत्काल युद्धविरामका लागि सहमत भएका हुन्। 


प्रकाशित : शनिबार, वैशाख २७ २०८२१८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend