शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

शनिबार, वैशाख २७ २०८२
भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

ट्रम्पले भनेअनुसार भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको हुन् भने दुई देशबीच पछिल्लो समय बढेको तनाव मत्थर हुँदै जानेछ।

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो बताएका हुन्। 

ट्रम्पका अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि दुवै देश तत्काल युद्धविरामका लागि सहमत भएका हुन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका हुन्। ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन्।

ट्रम्पले लामो समयको आफ्नो मध्यस्तता सार्थक भएको पनि बताएका छन्। ट्रम्पले भनेअनुसार भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको हुन् भने दुई देशबीच पछिल्लो समय बढेको तनाव मत्थर हुँदै जानेछ।


प्रकाशित : शनिबार, वैशाख २७ २०८२१८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend