आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

अमेरिकी राष्ट्रपति ट्रम्पले खाडी मुलुकहरूको भ्रमण गर्ने, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

शनिबार, वैशाख २७ २०८२
अमेरिकी राष्ट्रपति ट्रम्पले खाडी मुलुकहरूको भ्रमण गर्ने, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

उनको यो यात्राले आर्थिक सहकार्य सुदृढ गर्नुका साथै मध्यपूर्वको जटिल परिस्थितिमा कूटनीतिक संवादलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

काठमाडौं- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार साउदी अरेबिया, कतार तथा संयुक्त अरब इमिरेट्सको भ्रमणमा जाने भउका छन्। ट्रम्प दोस्रो पटक राष्ट्रपति भएपछि अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको यो पहिलो पटक हो। 

जसका कारण उनको यो यात्राले आर्थिक सहकार्य सुदृढ गर्नुका साथै मध्यपूर्वको जटिल परिस्थितिमा कूटनीतिक संवादलाई अगाडि बढाउने अपेक्षा गरिएको छ। यस भ्रमणलाई ह्वाइट हाउसले ‘ऐतिहासिक पुनरागमन’ को रूपमा व्याख्या गर्दै, राष्ट्रपति ट्रम्पको खाडी क्षेत्रप्रतिको गहिरो सम्बन्ध र सम्मान दर्शाउने अवसर भएको जनाएको छ।

व्यापार, रक्षा, ऊर्जा, तथा प्रविधिका क्षेत्रमा सम्भावित सहकार्यको पृष्ठभूमिमा खाडी राष्ट्रहरूले उनको उच्च सत्कारको तयारी गरेका छन्। यद्यपि, इजरायल-हमास द्वन्द्व, इरानको आणविक कार्यक्रम तथा यमन र सिरियाको अस्थिरता जस्ता विषयले क्षेत्रीय संकट समाधानमा थप संवेदनशीलता र समन्वयको आवश्यकता औंल्याएका छन्। ट्रम्पले यसपटक इजरायल भ्रमण नगर्ने तय भएको छ।

जसले केही विश्लेषकहरूलाई अमेरिकाको परम्परागत कूटनीतिक प्राथमिकतामा परिवर्तनको संकेतका रूपमा बुझाइएको छ। साथै, ओमानमा हुन लागेको इरानसँगको अप्रत्यक्ष वार्ता, गल्फ क्षेत्रको नामप्रति ट्रम्पको अभिव्यक्ति र हालै उनको परिवारद्वारा सञ्चालित कम्पनीहरूको खाडीमा व्यापारिक गतिविधि यी सबै विषयमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रित भइरहेको छ। तर ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको भ्रमण पूर्णतः राष्ट्रिय हित र क्षेत्रीय शान्तिका निम्ति केन्द्रित हुने दाबी गरेको छ। रासस 


प्रकाशित : शनिबार, वैशाख २७ २०८२१८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend