आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

भारत-पाकिस्तान द्वन्द्व प्रभाव : भारतका ३२ विमानस्थल बन्द

शनिबार, वैशाख २७ २०८२
भारत-पाकिस्तान द्वन्द्व प्रभाव : भारतका ३२ विमानस्थल बन्द

पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीरलगायतका राज्यहरूमा रहेका ती विमानस्थलहरूमा उडान सेवा स्थगित गरिएको हो।

काठमाडौं- पाकिस्तानसँग बढ्दो द्वन्द्व बीच भारत सरकारले देशको उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरेको छ। ३२ वटा विमास्थल मे १५ सम्मका लागि अस्थायी रुपमा बन्द गर्ने निर्णय भारतले गरेको छ।

पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीरलगायतका राज्यहरूमा रहेका ती विमानस्थलहरूमा उडान सेवा स्थगित गरिएको हो।

भारतीय नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘उत्तर र पश्चिम भारतका ३२ विमानस्थलहरूमा अस्थायी रूपमा उडान बन्द गर्ने सूचना सम्बन्धित उड्डयन प्राधिकरणहरूले जारी गरेका छन्’ भनिएको छ।

मन्त्रालयले सबै एयरलाइन्स तथा उडान सेवा प्रदायकहरूलाई हालको हवाई यातायात सूचनाअनुसार वैकल्पिक मार्गको योजना बनाउन अनुरोध गरेको छ। रासस

प्रकाशित : शनिबार, वैशाख २७ २०८२१६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend