बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२०२५ अप्रिलमा भित्रिए ३ सय ५९ विद्युतीय भ्यान तथा माइक्रोबस, कुन ब्रान्डको कति?

सोमबार, वैशाख २९ २०८२
२०२५ अप्रिलमा भित्रिए ३ सय ५९ विद्युतीय भ्यान तथा माइक्रोबस, कुन ब्रान्डको कति?

२०२५ को अप्रिल महिनामा मात्र १७ वटा ब्रान्डका ३ सय ५९ वटा विद्युतीय माइक्रोबस तथा भ्यान आयात भएको तथ्यांक छ। यो महिना सबैभन्दा धेरै विद्युतीय माइक्रो फोटोन ब्रान्डको भित्रिएको छ।

काठमाडौं- विद्युतीय कारमात्र होइन नेपाली बजारमा विद्युतीय माइक्रोबस तथा भ्यानको आयातसमेत उल्लेख्य रुपमा बढेको छ। छोटो तथा मध्यम रुटमा र व्यावसायिक प्रयोजनमा ११ सिट क्षमता र १४ सिट क्षमताका विद्युतीय माइक्रोबसको माग बढेकाले आयात बढेको हो।

नेपाली बजारमा हाल करिब ३० भन्दा बढी विद्युतीय माइक्रोबस तथा भ्यानका ब्रान्ड र तीनका दर्जनौँ मोडल उपलब्ध छन्। अहिले बजारमा उपलब्ध सबै विद्युतीय माइक्रोबस चीनबाट आयात भइरहेको छ। 

माइक्रोबस तथा भ्यानका आयातमा ठूला व्यावसायिक घरानादेखि स्टार्टप व्यवसायीहरूसम्म लागिपरेका छन्। यसरी आयात भइरहेका ब्रान्डहरूमध्ये केही ब्रान्डेड छन् भने सयौँ ननब्रान्डेड छन्, कुनै चीनका स्टार्टप कम्पनी छन् त कुनै संकटोन्मुख ब्रान्ड छन्।

गुणस्तरीय र विश्वसनीय ब्रान्डका सवारी आयातको सुनिश्चितता सरकारले गर्नुपर्ने बेला आइसकेको छ। लाखौँ डलर खर्चिएर आयात गरिएका माइक्रोबस तथा भ्यानको पार्ट्स र सर्भिस नपाउने अवस्था आयो भने उपभोक्ताको लगानी डुब्नेछ। 

यसबीच २०२५ को अप्रिल महिनामा मात्र १७ वटा ब्रान्डका ३ सय ५९ वटा विद्युतीय माइक्रोबस तथा भ्यान आयात भएको तथ्यांक छ। उक्त महिना सबैभन्दा धेरै विद्युतीय माइक्रो फोटोन ब्रान्डको भित्रिएको छ। 

अप्रिलमा फोटोनका ७४ वटा विद्युतीय माइक्रोबस आयात भएको तथ्यांक छ। त्यसैगरी दोस्रो स्थानमा रहेको किङलङका ४२ वटा माइक्रोबस अप्रिलमा नेपाल भित्रिएको छ। 

तेस्रो धेरै विद्युतीय भ्यान आयात हुने ब्रान्ड केवाईसी हो। अप्रिलमा केवाईसीका ४० वटा विद्युतीय भ्यान आयात भएको छ। चौथोमा रहेको कामा ब्रान्डको ३१ वटा विद्युतीय माइक्रोबस तथा भ्यान आयात भएको तथ्यांक छ। 

पाँचौँ स्थानमा रहेको हाइगरका ३० वटा विद्युतीय माइक्रोबस आयात हुँदा छैँटौँ धेरै आयात हुने ब्रान्डमा कावे रहेको छ। २०२५ अप्रिलमा कावे ब्रान्डका २४ वटा विद्युतीय माइक्रोबस आयात भएको छ। कावेसँगै स्काइवेल ब्रान्डको पनि २४ वटा नै विद्युतीय माइक्रोबस आयात भएको हो। 

यसैगरी जोयलङ ब्रान्डको १६ वटा, न्यू गोनाओको १५ वटा, डीएफएसकेको १४ वटा, सोकोनको १२ वटा र एसआरएमको ११ वटा विद्युतीय माइक्रोबस तथा भ्यान आयात भएको छ। 

हुवाजीको ९ वटा, डोङफेङको ७ वटा, स्काइवर्थको ५ वटा, साइनरेको ४ वटा र विलिङको एउटा विद्युतीय माइक्रोबस तथा भ्यान आयात भएको तथ्यांक छ। 

सञ्चालन खर्च न्यून भएकाले व्यावसायिक प्रयोजनमा विद्युतीय माइक्रोबस तथा भ्यानप्रति यातायात व्यवसायीहरू आकर्षित भएका हुन्। डिजेल माइक्रोबससरहकै भाडामा सञ्चालन गर्न पाइने भएकाले व्यवसायीहरू विद्युतीय माइक्रोबसतर्फ मोडिएका हुन्। 

विद्युतीय माइक्रोबस तथा भ्यानको आयात बढ्दै जाँदा उपभोक्ताले समयमै र उचित मूल्यमा सर्भिस र स्पेयर पार्ट्स पाउन नसकिरहेको गुनासो आउन थालिसकेको छ। जसका कारण विद्युतीय माइक्रोबस तथा भ्यानप्रति उपभोक्तामा नैराश्य आउन सक्छ। आयातकर्ताहरूले यसबारेमा बेलैमा सोच्नु पर्ने व्यवसायीहरूको भनाइ छ।

van data.jpg

अप्रिल महिनामा कुन ब्रान्डका कति कार नेपाल भित्रिए? अप्रिल महिनामा कुन ब्रान्डका कति कार नेपाल भित्रिए?


प्रकाशित : सोमबार, वैशाख २९ २०८२१५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend