आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

देशभर अधुरै रहेका पक्की पुल निर्माण गर्न, किसानलाई समयमै मलखाद उपलब्ध गराउन सांसदको माग

शुक्रबार, वैशाख २६ २०८२
देशभर अधुरै रहेका पक्की पुल निर्माण गर्न, किसानलाई समयमै मलखाद उपलब्ध गराउन सांसदको माग

सांसद हेमराज राईले विपत् व्यवस्थापनअन्तर्गत बनेका घरका लागि संघीय सरकारले दिनुपर्ने रकम जतिसक्दो चाँडो उपलब्ध गराउन सरकारसँग माग गरे।

काठमाडौं- प्रतिनिधिसभामा सांसदहरुले गएको वर्षायाममा बाढीपहिरोबाट भएको क्षतिको राहत आजसम्म प्राप्त नभएको, तराईका जिल्ला खाद्यान उत्पादनका हिसाबले महत्वपूर्ण भए पनि सिँचाइ र समयमै मलखाद उपलब्ध नभएका कारण किसानले समस्या झेलिरहनुपरेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सूर्यमान तामाङ दोङले काभ्रेपलाञ्चोकको पनौती, बेथानचोक, लोसी र तिमाल सिन्धुलीको कुशेश्वरलगायत देशका विभिन्न स्थानमा भएको बाढी पहिरोपीडितले आठ/नौ महिनसम्म पनि राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले बजेट निर्माण पहुँचका आधारमाभन्दा पनि आवश्यकताको आधारमा गन माग गरे।

सांसद सूर्यबहादुर थापाले देशभर अधुरै रहेका पक्की पुल निर्माण गर्न बजेट सुनिश्चितताको माग गरे। बर्दियाको नगदीघाटस्थित पुलको स्रोत सुनिश्चिता भए पनि अझै ठेक्का लाग्न नसकेको उनले बताए।

सांसद हरि ढकालले नेपाल राष्ट्र बैंकको नेतृत्व नियुक्तिलाई राजनीतिकरण नगर्न आग्रह गरे। सांसद हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आर्थिक विवरणले आमजनतामा अन्योल सिर्जना गरेकाले प्राधिरकणको समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन माग गरे।

सांसद हेमराज राईले विपत् व्यवस्थापनअन्तर्गत बनेका घरका लागि संघीय सरकारले दिनुपर्ने रकम जतिसक्दो चाँडो उपलब्ध गराउन सरकारसँग माग गरे। सांसद हृदयराम थानी र ज्ञानु बस्नेत सुवेदीले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए। रासस


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२१४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend