आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

यातायात व्यवस्था कार्यालय कैलालीद्वारा चालु आवको हालसम्म ६० करोड ९० लाख रूपैयाँ राजस्व संकलन

शुक्रबार, वैशाख २६ २०८२
यातायात व्यवस्था कार्यालय कैलालीद्वारा चालु आवको हालसम्म ६० करोड ९० लाख रूपैयाँ राजस्व संकलन

सबैभन्दा बढी सवारीसाधनको करबाट ४५ करोड ७५ लाख ७३ हजार रूपैयाँ राजस्व संकलन गरिएको छ।

कैलाली- यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा ६० करोड ९० लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार मालीका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट ४५ करोड ७५ लाख ७३ हजार रूपैयाँ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट सात हजार रूपैयाँ राजस्व संकलन गरिएको छ।

त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १४ करोड १० लाख ५६ हजार रूपैयाँ, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको) बाट ९० लाख ७८ हजार रूपैयाँ तथा व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट १२ लाख ९६ हजार रूपैयाँ राजस्व संकलन भएको छ। कार्यालयको बेरुजु रकम भने शून्य रहेको तथ्यांकमा उल्लेख छ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्ममा विभिन्न राजस्व शीर्षकबाट जम्मा ५६ करोड २८ लाख ९२ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। कार्यालयको चालु आर्थिक वर्षको बैशाख र अघिल्लो आर्थिक वर्षको बैशाख महिनासम्मको राजस्व संकलनको तथ्यांकलाई तुलना गर्दा चालु आर्थिक वर्षमा चार करोड ६१ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

कार्यालयले अघिल्लो आव २०८०/८१ मा विभिन्न राजस्व शीर्षकबाट ६५ करोड ३१ लाख ६३ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। चालु आवको बेरुजु रकम एक लाख १९ हजार रूपैयाँ रहेको थियो। रासस


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२१४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend